काठमाडौं, २ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज मध्य र पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको गरेको छ । बिहिबार जारी मौसम पूर्वानुमानमा महाशाखाले पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने जनाएको छ ।
यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । यसैगरी, पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ ।
त्यस्तै, आज राति पनि देशका मध्य, पूर्वी स्थानमा पूर्ण बदली हुने र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ ।