रुरु क्षेत्रमा लाग्ने माघे संक्रान्ती मेला अर्थात् रिडी मेला सुरु

रुरु क्षेत्रमा लाग्ने माघे संक्रान्ती मेला अर्थात् रिडी मेला सुरु

गुल्मी, १ माघ । माघे सक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्र (रिडी) मा रिडि मेला सुरु भएको छ । रुरु रिडी क्षेत्रको दर्शन गरी काली गण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक परम्परा अनुसार यस क्षेत्रमा माघे संक्रान्तिमा ५ दिन मेला लाग्छ ।

माघे सक्रान्तिको पहिलो दिन १ गते लाइ जेठी सक्रान्ति, २ गतेलाइ माइली सक्रान्ति र तेश्रो दिनलाई कान्छी सक्रान्ती भन्ने गरिन्छ । हजारौं दर्शनार्थीहरुको कालिगण्डकी नदीमा स्नान गर्नका लागि बिहानैदेखि भीड लागेको छ ।

माघे संक्रान्ति मेलामा टाढा टाढाबाट कालीगण्डकीमा मकर स्नान गर्न र ऋषिकेशव मन्दिरमा दर्शनगर्न दर्शनार्थी आउने गर्छन् । माघे संक्रान्तिमा रुरु कन्याको दर्शन तथा नदीमा स्नान गरेमा पाप मोक्ष हुने र पुण्य प्राप्त हुने विश्वास छ ।