लोकसेवा आयोगले माग्यो ५ सयभन्दा बढी नायव सुब्बा

लोकसेवा आयोगले माग्यो ५ सयभन्दा बढी नायव सुब्बा

काठमाडौं, २३ पुस । लोकसेवा आयोगले ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। खुला तथा समावेशी रुपमा पदपूर्ति गरिने यो प्रतिस्पर्धामा १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। तर महिलाको हकमा ४० वर्षसम्मका यसमा सहभागी हुन पाउने छन्।

त्यसका लागि आबेदन दिन यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता हुनुपर्नेछ। दरखास्त बुझाउने अन्तिम म्याद माघ १४ गतेसम्म कायम रहेको भए पनि दोब्वर दस्तुरमा माघ २१ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको सूचना अनुसार धनकुटा कार्यालयमा खुल्ला ४१, महिला १२, आदिवासी जनजाति ९, मधेशी ७, दलित ३, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा निर्धारण गरिएको छ। यस्तै, जलेश्वर कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी १०, दलित ६, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा तोकिएको छ।

काठमाडौं कार्यालयतर्फ खुल्ला ८१, महिला २१, आदिवासी जनजाति १९, मधेशी १६, दलित ६, अपाङ्गता भएका ५ र पिछडिएका क्षेत्रमा १ कोटा तोकिएको छ।
पोखरा कार्यालयमा खुल्ला ३५, महिला ८ आदिवासी जनजाति ८, मधेशी ५, दलित ३, अपाङ्गता भएका २ र पिछडिएका क्षेत्र २ कोटा निर्धारण गरिएको छ।

त्यसैगरी, बुटवल कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी ८, दलित ४, अपाङ्गता भएका लागि ३ कोटा तोकिएको छ।

सुर्खेत कार्यालया खुल्ला २३, महिला ७, आदिवासी जनजाति ६, मधेशी ३, दलित १, अपाङ्गता भएका ३ कोटा तोकिएको छ भने दिपायल कार्यालय खुल्ला २५, महिला ५ आदिवासी जनजाति ५, मधेशी ४, दलित २, अपाङगता भएका १ र पिछडिएका क्षेत्र २ कोटा तोकिएको छ।

दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।