‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा

‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा

काठमाडौं, २२ पुस । भारतबाहेक अन्य देशबाट नेपाल आएका विदेशी पर्यटकहरुलाई पनि मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ ।

विगत २ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । मंगलबार काठमाडौंमा भिजिट मधेश नेपालले पत्रकार सम्मेलन गर्दै यो वर्ष कम्तिमा पनि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुको एक तिहाई (भारतबाहेक) लाई मधेश भ्रमण गराउने उद्देश्य लिएको जनाएको हो ।

सोही लक्ष्य बोकेर डिजिटल प्लाटफर्मपनि सार्वजनिक गरिएको छ । आयोजकले सार्वजनिक गरेको प्लेटफर्मममा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोवाईल एप रहेका छन् । तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने “भिजिट मधेस नेपाल“अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । कार्यक्रममा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले तराई/मधेशको पर्यटन प्रर्वद्धनबिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताउनुभयो । राजनीतिलगायत अन्य क्षेत्रमा जसरी तराई÷मधेशमा विभेद भएको छ त्यसैगरि पर्यटनको क्षेत्रमा पनि विभेद गरिएको उहाको गुनासो छ ।

कार्यक्रममा भिजिट मधेश नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोद राज सर्राफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेश नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पार्नुभयो । उहाले तराई/मधेशका हरेक जिल्लामा हरेक विधाका पर्यटकीय महत्व बोकेका स्थानहरु रहेको पनि बताउनुभयो । त्यस्तै, कार्यक्रममा अभियानका सरसफाई दूत बैद्यनाथ साहले पुरै तराई मधेशमा सरसफाई अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।