उपत्यकामा आज दिउँसो घाम लाग्ने, साँझदेखि फेरि चिसो बढ्ने

उपत्यकामा आज दिउँसो घाम लाग्ने, साँझदेखि फेरि चिसो बढ्ने

काठमाडौं, २१ पुस । आज मुलुकभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज मुलुकका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहे पनि बेलुका फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुकै कारण केही दिनदेखिको हिमपात र वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकामा आज दिउँसो घाम लाग्ने सम्भावना रहेको छ ।