

-विजय राई-
धनकुटा २१ पुस । धनकुटामा सिटौला र कोइरालाले अब कांग्रेसलाई सशक्त बनाउने उद्घोष गर्दै सहमती सहकार्य र एकताबाट मात्र मुलुक र पाटी अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
मुलुक दिन प्रतिदिन संकटमा पर्दै गएकाले अव मुलुकका लागी शान्ति नायक गरिजा प्रसाद कोइरालाले प्रतिपादन गर्नु भएको सहमती सहकार्य एकताबाट मात्र अगाडी बढ्ने आज धनकुटाको चौविसेको मौनावुधुकमा गरिजा प्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेताहरुले बताउनु भएको छ ।
कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गिरिजा प्रसाद कोइरालाले शान्ति प्रक्रिया जग हाल्नु भएकालेनै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको वताउनु हुदै देशमा र कांग्रेस भित्र समेत सहमती सहकार्य र एकताबाट मात्र अगाडी बढ्न सक्ने वताउनु भयो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गद ओली सरकार अधिनायकबाद तर्फ लागेकोले कांग्रेस अब नागरिक स्वतन्त्रको पक्षमा अग्रसर भएको वताउनु भयो । उहाले कांग्रेस एक हुनु समय अब आएको समेत वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, तेह्थुमका सभापति केदार ढुंगाना,महासमिति सदस्य आनन्द सन्तोषी राई, उर्लावारी नगरपालिकाका मेयर खड्ग फागु लगायतले कांग्रेसको नेतृत्वमा विकास समृद्धीको अभियान सफल हुने वताउनु भयो ।
जि पि कोइराला फाउण्डेशन प्रदेश नम्वर १ का अध्यक्ष इन्दिरा थापाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई,यूवा नेता कमोट फागु,नेपाल टेड युनियन कांग्रेस १ नम्वर प्रदेशका अध्यक्ष नारायणबाबु कार्की, नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य हर्कमान चेम्जोग, क्षेत्रिय सभापति जितेन्द्र राई, छथरजोरपार्टीका सभापति छत्र सुब्बा, महालक्ष्मीका सभापति ध्रुवराज राय,सहिदभूमीका सभापति तिर्थ राई लगायतले राजनैतिक कान्ति पुरा गरेको कांग्रेसले अव आर्थिक कान्तिको नेतृत्व गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको संचालन नेपाली कांग्रेसका महासमिति सदस्य दुर्गा वहादुर सुबेदीले संचालन गर्नु भएको थियो ।
जि पि कोइराला फाउण्डेशन चौविसे गाउपालिका अध्यक्ष ललित चेम्जोग,सागुरीगढीका अध्यक्ष रमेश इवाहाङ्ग,सहिदभूमीका अध्यक्ष तिर्थ राई लगायत पदाधिकारी तथा सदस्यहरु र वडा अध्यक्षहरुलाई पदस्थापन प्रदेश अध्यक्ष इन्दिरा थापा र नेताहरु गर्नु भएको थियो । भने सहिद परिवार,प्रजातन्त्र सेनानी ,जेष्ठ कांग्रेसहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गनुहुने २६ जनालाई नेपाली कांग्रेसका केन्द्रिय नेताहरु कृष्ण सिटौला, शेखर कोइराला, जिल्ला सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,ललित चेम्जोग, दुर्गा वहादुर सुबेदी, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागु, हर्कमान चेम्जोग, क्षेत्रिय सभापतिहरु जितेन्द्र राई,इन्दिरा थापा, जिल्ला सदस्य सुमना तिम्सिना, नेपालधन राई, बखत भट्टराई, देवेन्द्र श्रेष्ठ, जयन्द्र घिसिग, चौविसेका सभापति बिजु राई, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग, मौनावुधुकका सभापति सुरेन्द्र चेम्जोग, बोधेका सभापति मेख वहादुर थापा लगायत फुलमाला अविर टिका लगाई नेपाली कांग्रेसमा स्वागत गर्दै पार्टी सदस्यता प्रदान गर्नु भएको थियो ।