प्रहरीले उद्धार गर्यो अपहरणमा परेका गाउँपालिका अध्यक्षलाई

प्रहरीले उद्धार गर्यो अपहरणमा परेका गाउँपालिका अध्यक्षलाई

काठमाडौं, ६ पुस । हिजो राति विप्लव समूहको अपहरणमा पर्नु भएका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार अध्यक्ष शाहीलाई आइतबार बेलुका साढे ६ बजे उद्धार गरिएको बताएको छ ।

प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट अध्यक्ष शाहीलाई उद्धार गरेको हो । विप्लवका कार्यकर्ताले लुकाएर राखेको अवस्थामा जंगलको खोँचबाट उहाँलाई उद्धार गरेको हो ।

अहिले अध्यक्ष शाही प्रहरीको संरक्षणमा रहेको र अपहरणकारीको खोजीकार्य तीव्र रूपमा जारी राखेको कालिकोट प्रहरीले जनाएको छ । शाहीसँगै उनकी श्रीमती इला मल्ल र भाइ हस्तबहादुर शाही पनि अपहरणमा पर्नुभएको थियो ।

हस्तबहादुरलाई भने शनिबार राति १ बजेतिर छोडिएको थियो भने पनि श्रीमती इलालाई आइतबार छोडिएको थियो ।