उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

काठमाडौं, ५ पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र अन्य स्थानहरुमा आंशिक बदली रहनेछ ।

पश्चिम भेगका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडि भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।

आज राति देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ । भोली दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने र बाँकी भागमा मौसम समान्यतया सफा रहने महाशाखाले आफ्नो सूचनामा उल्लेख गरेको छ ।