काठमाडौं,०३ पुष । त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन्।पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा दीक्षान्त हुने त्रिविले जनाएको छ । त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त ३–४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै हुँदै आएको छ ।
अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको त्रिविले जनाएको छ ।