सत्ता स्वार्थकाे तालमेल : अर्थराज्यमन्त्री राणा

सत्ता स्वार्थकाे तालमेल : अर्थराज्यमन्त्री राणा

काठमाडाैँ । अर्थराज्य मन्त्री उदय शम्शेर राणाले तीन बाम घटकबीच भएको चुनावी तालमेललाई सत्ता स्वार्थको संज्ञा दिएका छन् । चु​नावमा एक्लाएक्लै जाँदा पराजय हुने डरले तीन दलहरुबीच तालमेल भएको दावी गरे । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् अर्थराज्यमन्त्री राणाले भने, ‘नाममा बाम एकता भने पनि सत्ता स्वार्थका लागि उनीहरु एक ठाउँमा उभिन बाध्य भएका हुन् । चुनावमा पराजय हुने डरले गर्दा एक भएका हुन् ।’

मंगबालर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने औपचारिक घोषणा भएको थियो। उनले तीन दलबीचको तालमेल लोकतन्त्रका लागि खतरा भएको समेत बताए ।

लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन बाम शक्तिहरु एक भएको दावी गरे । अर्थराज्यमन्त्री राणाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुलाई एकतावद्ध गर्ने बताए । उनले भने, हामी लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा राखेर बृहत लोकतान्त्रिक गठबन्धन बनाउँछौं ।