मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिनाका ग्रह गोचर राम्रा छन् । आठौँ गुरु मंगलको प्रतिकूल प्रभाव रहेकोले स्वास्थको ख्याल अलि गर्नु पर्ला । मन विचलित हुने भएकाले धैर्य गरेर अघिबढ्दा धेरैकाममा सफलता मिल्नेछ । मनमा उत्साह शरीरमा स्फुर्ति बढ्नेछ आँटेका काम धेरै पूरा हुनेछन् ।
आमदानीको दरिलो श्रोत हरु हात पर्नेछन् । पढाइमा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । व्यापारमा र बैदेशिक कार्यमा सोचे जस्तै सफलता हासिल गर्न सकिनेछ । धार्मिक र सामाजिक कार्यमा भने अलि विचार गर्नु पर्ला ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समय समग्रमा राम्रोछ अढैया शनिका कारण स्वस्थमा समस्या आउने भए पनि अन्य ग्रह अनुकूल भयकोले आँटेका काममा सफलता मिल्नेछ । भाग्य बलियो छ । धर्ममा रुचि बढ्नेछ सामाजिक काममा सफलता मिल्नेछ । आमदानिका अवसर प्रसस्त मात्रामा मिल्नेछन् ।
नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको बलियो सम्भावना छ । राज्यले कूटनीतिक नियुक्ति गर्ने बलियो सम्भावना छ । व्यापारमा सोचे भन्दा बढी लाभ मिल्नेछ । वैदेशिक कार्यमा गरेका प्रयासहरु फलदायी रहने छन् । ठूला व्यक्तिले आफूमाथि भरोसा गर्नेछन् । नयाँ कामको अवसर मिल्ने छ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ग्रह गोचर बलिया छैनन् । भाग्यले साथ दिने छैन । आँटेको काममा सजिलै सफलता मिल्ने छैन । शत्रु अलि बलिया भएकोले काम गर्दा सजग हुनु पर्नेछ । विश्वासमा काम गर्ने अवस्था छैन । नोकरिमा निकै प्रतिस्पर्धा गर्नु पर्नेछ ।
कुरा काट्नेहरु सकृय भएकाले गोपनियता अपनाउनु पर्नेछ । व्यापारमा प्रसस्त उतार चढावको सामना गर्नु पर्नेछ । वैदेशिक कार्यमा धेरै अप्ठ्यारो आउने छ । लेनदेनमा विवादको सामना गर्नु पर्नेछ । मित्र तथा परिवारिक सहयोगमा केही काम बन्ने छन् । पढाइमा भने राम्रै सफलता हाँसिल गर्न सकिनेछ । पुराना कुरा कोट्यायर अप्ठ्यारो मार्ने काम गर्न सक्ने भएकाले महिना भरिनै सचेत हुनु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक वर्गका लागि समय अनुकूल रहे पनि ठूला ठूला चुनौतिको सामना गर्नु पर्नेछ । कामको बिचमा अवरोध सिर्जना गर्नेहरु निकै सकृय देखिन्छन् । आत्मबल पनि कमजोर बन्नेछ । हाड जोर्नीको समस्याले पनि सताउनेछ । कुरा काट्नेहरु सकृय हुनेछन् ।
आर्थिक कारोवारमा प्रसस्त अप्ठ्याराहरु आउनेछन् । धातुरोगले पनि सताउनेछ उच्च रक्तश्रावको पनि सम्भावना छ । आफन्तहरुले सम्वेदनशील समयमा धोका दिनेछन् । १७ गतेपछि समयले साथ दिने हुँदा परिवारबाट सहयोग मिल्ने पढाइमा सफलता मिल्ने नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिने भएकाले महत्वपूर्ण काम त्यसपछि नै गर्नु उचित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । गरेका काममा सफलता मिल्नेछ । अरुको विस्वास सजिलै जित्न सकिनेछ । मित्रहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले महत्वपूर्ण काम धेरै गर्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने थता नयाँ काम पाउने योग छ । बोलीको प्रभाव ठूला व्यक्तिलाई आकर्षण गर्न सकिनेछ ।
पढाइमा सफलता मिल्नेछ व्यापारमा लाभ राम्रै मिल्नेछ । भाग्यले साथ दिनेछ नोकरी तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने योग पनि छ । १७ गतेपछि स्वास्थ्यमा समस्या आउनुको साथै काममा बाधा आउने मनमा चिन्ता बढ्ने आर्थिक कठिनाईले सताउने योग छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ग्रह गोचर राम्रोछ आर्थिक लाभका अवसरहरु प्रसस्त मात्रामा मिल्ने छन् । आँटेका काममा पनि सफलता मिल्नेछ अढैया शनीको प्रभावले घरेलु समस्या बढ्ने र मित्रहरुले गुनासो गर्ने योग भयकोले सचेत रहनु पर्ला । कुरा काट्ने हरुको वर्चस्व बढ्नेछ । पढाइमा केही कठिनाइको सामना गर्नु पर्नेछ । व्यापारमा उन्नतिको अवसर मिल्नेछ वैदेशिक कार्यमा ठूलै फड्को मार्न सकिनेछ ।
प्रेम गर्ने अवसर पनि मिल्नेछ वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । नैतिक कार्यमा आफ्नो दक्षता दर्शाउने अवसर मिल्नेछ । नोकरी तथा राजनीतिमा ठूलो चुनौती आउनेछ १७ गतेपछि बोलीको प्रभाव बढ्नुको साथै भाग्यले साथ दिने हुँदा सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रोछ बोलीको प्रभाव राम्रो रहनेछ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । जोसर जाँगर बढ्नेछ सजिले आँटेको काम पूरा गर्न सकिनेछ । तपाईंको लगनशीलता र इमान्दारिताको अरुले खुलेर प्रशंसा गर्ने छन् । घरेलु समस्याले सताउने र मित्रहरुको गुनासो बढ्ने हुनाले घर बाहिर आफन्तहरु बाट टाढा रहेर काम गर्नु उचित हुनेछ ।
सन्तान नहुनेको लागि सन्तान प्राप्तिको समय पनि हो । व्यापारको मार्ग अलि खर्चिलो रहनेछ । प्रेममा खटपट, पति पत्नीमा विवाद, यात्रामा कठिनाइ आउन सक्ने हुँदा संयम रहनु होला । नोकरीमा गरेका प्रयास सकारात्मक रहने छन् । राजनीतिमा उतार चडापको सामना गर्नु परे पनि अन्ततः सफलता प्रापत हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ग्रह गोचर त्यति अनुकूल देखिन्न । समस्याहरु प्रसस्तै आउनेछन मनमा दुविधाले दरिलो डेरा जमाएकोछ । कुरा काट्नेहरु निकै सकृय देखिन्छन् । धन नास हुनुको साथै दाँत मुखमा पीडा पनि बढ्नेछ । कामको फुर्सद मिल्नेछैन । अरुको काम धेरैं गर्नु पर्नेछ । घरेलु समस्याले प्रसस्त मात्रामा सताउनेछ मित्र तथा परिवारले पनि अनावस्यक पिरोल्नेछन् ।
पढाइमा केही अनुकूल वातावरण बन्नेछ । व्यापारमा गरेका प्रयास भने सकारात्मक रहनेछन यात्रा केही सुलभ रहला । प्रेममा सकारात्मक अवस्था देखिन्छन् । लेनदेनमा अघि नबढ्नु नै उचित होला । नोकरी तथा राजनीतिमा मित्रहरुको वैमानीले अप्ठ्यारो आउन सक्छ महिना भरिनै सचेत रहनु राम्रो ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समय समग्रमा राम्रो रहे पनि खर्चको गति अलि तिव्र रहनेछ । खर्चगर्दा भने संयमित हुनुपर्ला । पराक्रम तीव्र गतिमा अघि बढ्नेछ । सानै प्रयासले पनि ठूलाकामहरु अघि बढ्नेछन् । बोलीको सत्यतालाई अरुले स्वीकार गर्नेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । आफन्तको सहयोग भन्दा बढी गुनासो नै आउनेछ । मित्रहरुको गुनासोले मनलाई अलि दुःखी बनाउन सक्छ ।
पढाइमा लाभ मिल्ने भए पनि खर्च भने अलि बढी नै हुनेछ व्यापारमा ठूलै फड्को मार्न सकिनेछ । बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । वैदेशिक कार्यमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । प्रेमको प्रस्ताव अरुवाटै आउनेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । झुठा आरोप लाग्न सक्ने भएकोले गोपनीयतामा जोड दिनु उचित हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
खर्च अलि बढी नै हुने देखिएकोले सचेत हुँदा राम्रो । विवाद तिर नलाग्नु नै वेश । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर लगाउनु राम्रो । जोस र जाँगर बढ्ने छ । सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर पनि मिल्नेछ । मित्र तथा परिवारको सहयोग प्रयाप्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमन पनि हुनेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् ।
पढाइमा सोचेजस्तै सफलता पाउन सकिनेछ । शत्रु अलि सकृय हुने भयकोले सजग हुनु राम्रो । व्यापारमा गरेका प्रयासहरु राम्रै रहने छन् । लेनदेनमा भने अलि विचार पुर्याउन राम्रो । भाग्य बलियो छ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढाउन सजिलै सकिनेछ । मान्यजनको सद्भाव पनि राम्रै मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । प्रेममा खटपट र पति पत्नीमा विवाद सिर्जना होला । संयम हुनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समय बलियो छ बोलीको प्रभावले मनोबल बढ्नेछ । आमदानीका श्रोतहरु चौतर्फि जुट्नेछन् । पराक्रमको गति तीव्र रहनेछ । काममा सफलता सजिलै मिल्नेछ । मित्रहरुले पूर्णरुपमा साथ दिनेछन् । परिवारजनको साथ प्रयाप्त मिल्नेछ । घर तथा सावारी साधन जोने तरखरमा हुनु हुन्छ भने सजिलैहोला । पढाइमा निकै प्रगतिको लक्षण देखिन्छ ।
जोड्ने व्यापारमा वैदेशिक कार्यमा र प्रेममा उल्लेख्य सफलता मिल्नेछ । वैवाहिक कार्यले पनि उचित स्थान पाउनेछ । भाग्यले साथ दिनेछ सामाजिक कार्यमा सम्मान पाउने योग छ । नोकरी तथा राजनीतिमा उतार चढावका बाबजुद पनि लक्ष्मा पुग्न सहज हुनेछ । सन्तान प्राप्तिका लागि समय अनुकूल छ । रिसको वेग बढ्ने भएकोले धैर्यता अपनाउँदा मात्र सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ग्रह गोचर त्यति अनुकूल दिखिन्न । मनमा दुविधाले दरिलो डेरा जमाएकोछ । सोच्ने शक्तिको कमिले कामकाप्रयास निस्फल हुनेछन् । खर्चको गति तीव्र हुनेछ । झुटाआरोप पनि लाग्नेछ । मुध्दा मामिलाको पनि बढी सम्भावना छ । बोलीको प्रभाव सकारात्म रहे पनि अरुले आफूबाट फाइदा मात्र लिनेछन् ।
मित्रहरुले आवश्यक समयमा धोका दिनेछन् । परिवारजन आफ्नो भन्दा शत्रुको विश्वासमा लागेर असहयोग गर्न लाग्ने छन् । सवारी साधनले पनि दुःख दिनेछ । पढाइमा केही लाभको सम्भावना र नोकरी तथा राजनीतिमा सफलताको योग भए पनि अन्य समस्याले लक्षमा पुग्न त्यति सहज छैन संयम भएमा धार्मिक तथा सामाजिक कार्यमा नोकरी तथा राजनीतिमा सफलता हासिल गर्न सकिनेछ । महिना भरिनै संयम हुनु पर्ला ।