

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वाड नम्बर ८ का स्वर्गीय वाड अध्यक्ष धनबहादु श्रेष्ठको नाममा अक्षय कोष स्थापना गरिएकाे छ । श्रेष्ठको पहिलाे स्मृति दिवसकाे अवसरमा धनबहादुर स्मृति अक्षय कोषको स्थापना उनका छाेरा बाबुकाजी श्रेष्ठले गरेका हुन् ।
उक्त काेषमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले ५१ हजार एक सय पाँच रुपैयाँ नगद श्रेष्ठका परिवारजनलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको कांग्रेस युवा नेता रुपकाजी लामाले बताए।
क्रममा प्रमुख बक्ता रहेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठको राजनीतिक जीवनको चर्चा गर्दै उनको सपना साकार पार्न आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।
पूर्व मन्त्री बस्नेतले चुनावमा एक ढिक्का भएर लाग्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । नेपाली कांग्रेसले इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को वाड अध्यक्षमा लोकप्रिय युवा नेता अशोक तामाङलाई सर्वसम्मत उम्मेदवार बनाएको छ।