मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

काठमाडौँ, १७ कात्तिक ।  मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्न निर्णय गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।मुटुरोग विशेषज्ञ डा. कोइराला यसअघि शहीद गंगालाल हृदय केन्द्रका निर्देशक र शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक भएका थिए।