

काठमाडौँ, ३० असोज । दिगो विकास र शान्तिका लागि सहभागितामा संविधान तथा कानुनी रुपमा सफलता हासिल गरेकोमा नेपालले ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्राप्त गरेको छ।
दिगो विकास र शान्तिका लागि संविधान तथा कानुनी रुपमा सफलता हासिल गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो । सर्बियाको राजधानी बेलग्रेड अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनका अवसरमा आयोजित एक विशेष कार्यक्रमका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई नेपालले प्राप्त गरेको अवार्ड प्रदान गरिएको थियो ।
वर्ल्ड फ्युचर काउन्सिलले आईपीयू र संयुक्त राष्ट्रसंघ विकास नियोग (यूएनडीपी) को सहकार्यमा नेपालसँगै रुवान्डा, स्टोनिया, स्कटल्याण्ड, दक्षिण अफ्रिकालगायत आठ मुलुकलाई पनि विभिन्न अवार्ड प्रदान हो ।
नेपालको तर्फबाट अर्वाड ग्रहण गरेपछि अध्यक्ष तिमिल्सिनाले सशस्त्र द्वन्द्वको मौलिक समाधान गर्दै जनप्रतिनिधिमार्फत निर्माण गरेको संविधान विश्वकै नमुना भएको बताए ।