काठमाण्डौं, ३० असोज । सरकारले सात ओटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारीमा जुटेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले बताउनु भएको छ ।
संघीयतामा मुलुक गईसकेकाले संघीयताको मूल्य मान्यता अनुसार स्वास्थ्य संस्थाहरुको स्थापना गर्न तर्फ सरकार लागि परेको राज्यमन्त्री यादवको भनाई छ।
स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि राज्यमन्त्री यादवले बताउनु भएको छ । उहाँले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु सरकारले चाहेर पनि बनाउन नसक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।
उक्त अवसरमा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्व स्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिवद्धता समेत पनि व्यक्त गर्नु भएको थियो ।