त्रिविको निजीतर्फको स्नातकोत्तर परीक्षा फाराम भर्ने समय थप

त्रिविको निजीतर्फको स्नातकोत्तर परीक्षा फाराम भर्ने समय थप

काठमाडौं, ३० असोज । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको चाप बढेपछि परीक्षा फाराम भर्ने समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्ने समय कात्तिक ८ गतेसम्मका लागि थप गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिकशास्त्रमा छ हजारले परीक्षा फाराम भरिसकेका छन् । भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो ।

गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो ।