काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।
अस्ट्रेलियाका लागि नयाँ राजदुतमा महेशराज दाहाल नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अस्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पालाई नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत् दाहाल नियुक्त भएको जानकारी गराइएको छ ।