सिन्धुपाल्चोक दुर्घटनामा अभिभावक गुमाएकाहरुलाई पढाइदिने जिम्मा लिए पुर्व सञ्चारमन्त्री बस्नेतले

सिन्धुपाल्चोक दुर्घटनामा अभिभावक गुमाएकाहरुलाई पढाइदिने जिम्मा लिए पुर्व सञ्चारमन्त्री बस्नेतले

रामचन्द्र दुलाल

सिन्धुपाल्चाेक, २४ असाेज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा आज भएको दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका छन् ।

रामचन्द्र दुलाल /राष्ट्रवाणी

बस दुर्घटनामा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका बस्नेतले उनीहरुको उपचार र अन्य आर्थिक सहयोगका लागि कोष निर्माण गर्न ५० हजार रुपैया समेत उपलव्ध गराएका छन् । सिपाटारबाट काठमाडौ आउँदै गरेको हेलम्बु यातातातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु र ६० भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई तत्काल हेलिकप्टर चार्टर गरि ट्रमा सेन्टर उपचारका लागि ल्याएको थियो ।

रामचन्द्र दुलाल /राष्ट्रवाणी

काठमाडाैंको विभिन्न अस्पतालको निरिक्षण गरी ५० हजार रुपया अस्पतालमा विभिन्न बेवारिसी अवस्थामा रहेका व्यातिको लागी उपचार गर्ने सहज होस् भनी कोषमा हस्तान्तरण गरेको उनले बताए । दुर्घटनामा आमा बावु गुमाएका बालबालिकालाई नि:शुल्क पठन पाठन गराउने जिम्मा लिने घोषणा समेत बस्नेतले गरेका छन् ।

त्यसैक्रममा सुनकोशी गाउँपालकिाका अध्यक्ष विनोद जिसी, रामकुमार थापा, मार्मिङ कांग्रेस इकाई सभापति पासाङ नोर्बु लामा र कांग्रेस क्षेत्रिय १ का सदस्य का रुपकाजी लामाले विभिन्न अस्पतालमा बिरामीहरूलाई भेटी आर्थिक सहयोग गरेका छन् ।