सन् २०२१ को लागि डीभी खुल्यो, यसरी भर्न सकिन्छ आवेदन

सन् २०२१ को लागि डीभी खुल्यो, यसरी भर्न सकिन्छ आवेदन

काठमाडाैं, १५ असाेज ।  सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिषा (डीभी) का लागि आवेदन खुलेको छ।

बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।आवेदन भर्न कुनै शुल्क नलाग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।आवेदन भर्दा आवेदकले आफ्नो पासपोर्ट नम्बर, पासपोर्टको सकिने म्याद र इमले अनिवार्यहरुपमा राख्नु पर्ने छ। त्यस्तै, कुनै पनि व्यक्तिले एक पटकमात्रै आवेदन भर्न पाइने अमेरिकी दूतावासले जनाएको छ।

अनलाइनमा फारम भरिसकेपछि प्राप्त कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्नेछ। व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ ।  सन् २०२१ मा अमेरिकाले संसारभरबाट ५५ हजार जनालाई डिभीबाट अमेरिका लैजाने बताएको छ।