आज (बुधबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकीमा आंशिक बदली रहनेछ । साथै मध्यमखाले वर्षासमेत हुने सम्भावना छ । पूर्वी तथा पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानमा साथै पश्चिमी पहाडी क्षेत्रका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
भोलि (बिहीबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानमा साथै पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति : देशको मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ ।
पर्सि (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी क्षेत्रलगायत मध्य पहाडी भूभागका थोरै स्थानका साथै पश्चिमी पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशको मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी भूभागमा आंशिक बदली रहनेछ ।