विश्व शेर्पा सम्मेलन काठमाडौंमा

विश्व शेर्पा सम्मेलन काठमाडौंमा

काठमाडौं: विश्वभरका शेर्पाहरुको सम्मेलन असोज २२ गते देखि काठमाडौंमा हुने भएको छ। असोज २२,२३ र २४ गते सम्म सञ्चालन हुने कार्यक्रमको तयारी अन्तिम भएको आयोजक समितिका संयोजक तथा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिए।

भेलाका लागि करिव २० देशमा बसोवास गर्ने शेर्पाहरुको सहभागिता हुने छ। कार्यक्रममा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा निर्वाचित शेर्पा उम्मेदवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । शेर्पा भाषा, धर्म र सस्कृति , शिक्षा, आर्थिक मितव्ययिता, लगानीको अवसर, सञ्चार, राजनीतिक लगायतका विषयहरुमा कार्यपत्र सहित छलफल हुने छ।
असोज २२ गते होटल र्‍याडिसनमा उद्घाटन गरिने सम्मेलनको दोस्रो र तेस्रो दिन बौद्ध टुसालस्थित शेर्पा गुम्वाको अण्डर ग्राउण्ड हलमा हुने छ । सम्मेलनको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटनका गरी भुकम्प पीडितलाई सहयोग गर्ने बिभिन्न मुलुकका शेर्पा किदुग, संघ संस्था र व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनले विश्व शेर्पा संघ तद्धर्थ समितिले तयार पारेको मस्यौद विधानमाथि छलफल गरि घोषणा पत्र जारी गदै विश्व शेर्पा संघ नयाँ कार्यसमिति चयन गर्नेछ । नेपाल शेर्पाको पहिलो भूमि भएकाले सदाचार कायम राख्न, अन्य मुलुकमा बस्ने र दोस्रो पुस्ताले भाषा र संस्कृति बिर्षदै गएकाले यसलाई कायम राख्न समेत सम्मेलनमा छलफलको एजेण्डा बन्ने आयोजकको भनाई छ।
सम्मेलनमा प्रवेशका लागि अमेरिका, बेलायत, अन्य यूरोपेली मुलुकहरु तथा अष्ट्रेलियालाई २ सय डलर (२० हजार नेपाली रुपियाँ) र खाडी मुलुकहरु तथा पूर्वी एसियाबाट प्रतिनिधित्व गर्नेहरुलाई १ सय डलर (१० हजार रुपैयाँ) सहाभागी शुल्क तोकिएको छ। त्यस्तै सिक्किम, दार्जि्लिङ र भारतका अन्य स्थानबाट आउनेहरुलाई ५ हजार नेपाली रुपियाँ तोकिएको छ। नेपालमा रहेका विभिन्न शेर्पा संघसस्थाका प्रतिनिधिहरुलाई २ हजार नेपाली रुपियाँ तोकिएको छ।