कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिको कार्यक्रम शनिबार

कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिको कार्यक्रम शनिबार

काठमाडौँ, १० असोज । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

दशैं तिहार एवं छठका अवसरमा काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले जानकारी दिए । उनले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए ।कार्यक्रममा पार्टीका शीर्ष नेतालाई बोलाइएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र युवा नेता गगन थापालाई विशिष्ट अतिथिका रुपमा सहभागि हुने सम्पर्क समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

‘सोलुखुम्बबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने कांग्रेसका नेता कार्यकर्ताका साथै सम्पूर्ण लोकतन्त्रपक्षधरलाई उपस्थितिका लागि आग्रह गरिएको छ,’ उनले भने, कार्यक्रमले एकापसमा हार्दिकता बढाउनुका साथै पार्टीको संगठनलाई पनि गतिशील बनाउने अपेक्षा लिएका छौं ।’ कार्यक्रम बिहान साढे ११ बजेबाट सुरु हुने सम्पर्क समितिले जनाएको छ ।