गुल्मीदरबार झिरबासमा एक रातमा २५ घरबाट चोरी

गुल्मीदरबार झिरबासमा एक रातमा २५ घरबाट चोरी

गुल्मी, ७ असोज । गुल्मीदरबार गाउँपालिका वडा नं. २, जुभुङ झिरबासमा गए राति चोरी भएको छ । साविकको १, २ र ३ वडाका २५ भन्दा बढी घर मा चोरी भएको स्थानियले बताएका छन् ।

चोरी हुने घरहरु मध्ये कमला थापा र दिपक थापाको घरबाट सुनका गहना र नगद चोरी भएको स्थानिय महिला स्वयमसेविका सरिता थापाले जानकारी दिनुभयो । स्थानीय सुतिरहेका घरमा ढोका बाहिरबाट चुक्कल लगाइदिने र स्थानीय नभएको घर फोरेर धनमालको चोरी भएको बताइएको छ ।

वडामा अहिलेसम्मको ठुलो चोरीको घटना भएको र चोरको खोजी गर्न कुनै कसुर बाँकी नराखि लाग्ने वडा अध्यक्ष हरिहर गौतमले बताउनुभयो । मजुवा प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलमा पुगि सकेको बुझिएको छ । कति घर, के कति गहना तथा नगद चोरी भयो भन्ने विस्तृत विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ ।