

काठमाडौँ, ५ असोज । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट खुला गरिएकाे छ।
यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार दशैंका लागि टिकट बुकिङ खुला हुन लागेको हो।आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ।
कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ। आज पहिलाे दिन विहान १० बजेदेखि बुकिङ शुरु हुने छ भने साेमबारदेखि बिहानैबाट अग्रिम टिकट लिन सकिने ब्यवसायीहरुले बताएका छन्।