नामिबियामा जारी आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालले दाेस्राे जित हात पारेकाे छ। अाफ्नाे तेस्राे खेलमा नेपालले अाइतबार यूएइलाइ चार विकेटले पराजित गर्याे ।
जितसँगै नेपाल अक तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ। नेपालले तीन खेलबाट चार अक जाेडेकाे छ। शीर्षस्थानमा रहेकाे क्यानडाले तीन खेलबाट ६ अक बटुलेकाे छ। गर या मरको अवस्थामा रहेको नेपालको यो जितसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ ।
तर, लगातार तेस्रो खेल जितेको क्यानडा ६ अंकका साथ शीर्ष स्थानमा छ । उसले आइतबार केन्यामाथि ५९ रनको जित निकालेको छ ।
६ टाेली सहभागी प्रतियाेगिताकाे शीर्ष २ टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्नेछन्।
पहिलाे खेलमा नामिबियालाइ एक विकेटले हराएकाे नेपाल दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे। नेपालले अाफ्नाे तेस्राे खेलमा साेमबार केन्याकाे सामना गर्ने छ। टस जितेपछि पहिला बलिङ गरेकाे नेपालले यूएइलाइ ३१ अाेभरमा एक सय १४ रनमा समेटेकाे थियाे ।