सद्भाव र आपसी स्नेहको पर्व बकर इद मनाउँदै

सद्भाव र आपसी स्नेहको पर्व बकर इद मनाउँदै

काठमाडौं, २७ साउन । इस्लाम धर्मावलम्बीहरुले आज बकर इद पर्व मनाउँदैछन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औँ दिन यो पर्व मनाइन्छ ।

यस दिन बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्वानी (बली) दिने परम्परा छ ।

बली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ । हरेक मुस्लिमहरूका लागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ । जसका लागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षका लागि औपचारिक समापन भएको दिन पनि हो ।