-रामचन्द्र दुलाल –
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य सेवा केन्द्र शुभारम्भ भएकाे छ । मेलम्ची नगरपालिका प्रमुख डम्वरबहादुर अर्यालको प्रमुख आतिथ्यतामा स्वास्थ्य एकाई कार्यलयबट स्वास्थ्य सेवा शुभारम्भ भएको हाे ।
साे अवसरमा स्वास्थ्य इकाई केन्द्र मेलम्ची नगरपालिका प्रमुख अर्यालले स्वास्थ्य सेवा प्रर्बधन गर्नु नगरपालिकाको मुख्य काम भएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाले वडाको आवश्यक काममा सहयोग गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा नगरपालिका उप प्रमुख भगवती नेपालले वडा नं २को भवन बन्दै गरेकोले नेपाल सरकारबाट लिने आधारभुत सेवा लिनको लागी अन्यत्र जानु नपर्ने बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरासैनीले भवन निर्माण लागी सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
कार्यक्रम शुभारम्भपछि वडा नं २ का ५/ ६ जना लाई स्वास्थ्य परिक्षण गरिएको थियो। स्वास्थ्य सेवा शुरु भएपछि स्थानिय निकै खुसी भएको हर्कबहादुर तामाङ्गले बताउनुभयाे । कार्यक्रममा स्थानिय राजनीतिक दल , शिक्षक, स्थानिय लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मेलम्ची न पा २ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो।