साउन २६ र २७ गते हुने भयाे एसइईको पूरक परीक्षा

साउन २६ र २७ गते हुने भयाे एसइईको पूरक परीक्षा

काठमाडौँ, १८ असार । यसपालीको एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन विद्यार्थीलाई आग्रह गरेको छ ।

२०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

गत चैत महीनामा सञ्चालित एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा कम ग्रेड आउने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था छ ।