‘छोरीको छोरो, तोरीको साग, गैडाको खगौतो, मार्सिको भात’

‘छोरीको छोरो, तोरीको साग, गैडाको खगौतो, मार्सिको भात’

-बिमन लिम्बु-

“छोरीको छोरो, तोरीको साग
गैडाको खगौतो, मार्सिको भात”
प्रचलित लोकोती शब्द, मलाई अत्यन्तै मनपर्‍यो। राजु नेपालले लेख्नुभएको पेशा, पैसा र प्यास किताब आज मैले पढी सकेकोछु। मेरो course को किताब बाहेक मैले पुरै पढीसकेको पहिलो novel हो यो। उहालाई नजिकबाट म चिन्दिन यो book लिन जादा सँगै coffee पिए र मेरो coffee को पैसा म आँफै तिर्छु भने किनकी मेरो अर्काको खाने बानी थिएन र छैन । भरै, भोलीको कुरा भन्न सक्दिन। निर्धक्कसँग शब्दहरु प्रहार गर्न पनि मलाई कुनै हिम्मतमा कमी थिएन। किनकी लामो कपाल पालेको, म केही गर्दिन, house husband हो भन्नुभयो। मेरो company मा म केटाहरुलाई कपाल पाल्न दिन्न। तर यस novel पढिसकेपछी अलिकती मेरो coffee को पैसा म आँफै तिर्छु भने शब्दले लज्जीत पनि बनायो। उहासँग धेरै रीतिरीवाज, सस्कृति, मूल्य-मान्यताहरु छन। इमान्दारितामा कही चुक्नु भएको छैन। उहाको अगाडी इमान्दारिताको कूरा गर्नु भनेको ईन्द्रको अगाडि स्वर्गको बयन गर्न जस्तो मात्र लाग्यो। उहाको लगाम, मिहिनेत लियोनार्डो डेल भेक्चियो भन्दा कम छैन। उहाको जीवन मननयोग्य छ ।

यसलाई आत्मसात गर्न सके सफलतापुर्वक हाम्रो जीवन व्यातित हुनमा कुनै शंका छैन। उहाको कार्यकालमा अनेक उतर चढाव आए पनि इमान्दार र स्वाभिमानी व्याक्ति कसैको दबाब मान्दैन भन्ने यो भनाइ त्यसै लागु भएको होइन रहेछ भन्ने आज मलाई साबित भएकोछ। शुरुमा भन्दा पनि बँकिङ जीवन पढ्न अती रोछक लाग्यो। म management को student भएकोले पढ्न त्यती गाह्रो भएन। बरु banking field को अझ धेरै कुराहरु जान्न पाए। उहाको नेपाल बैंकमा हुँदाको जागिरले बाणिज्य बैंकमा जादा घण्टाउ line बसेर अर्को ठाउको काम नै गुमाउनु परेको उनीहरुले customer सँग गरेको behaviour एकचोटी याद गरायो। मेरो हेराइमा बैंक भनेको जनताको सेवा गर्ने, अनुशासित, दक्ष कर्मचारी यस्तै- यस्तै हो तर यो novel पढेर छर्लङग भए त्यहा पनि भयङकर राजनीति हुदोरहेछ। त्याहाका staff को efficiency, मिजासता देखेर हरेक staff सधैं मिलेर बस्ने कस्तो स्वर्ग जस्तो ठाउँ भनी सोच्थे। तर त्यहा पनि एक अर्को प्रति बैभाव हुदोरहेछ। मानिस जतिसुकै जेसुकै बाटोवाट जीवन यापन गरेर पार गरेपनि अन्त्यमा धर्मिक आवस्थातिरै मोडिने रहेछ। किनभने जागिर खानु, पैसा बटुल्नु र भौतिक विलासितामा रमाउनु मात्र जीवन होइन रहेछ।
मैले यहाँ पढेको चिजलाई एकदमै कम पस्केकिछु। किनभने उहाको novel पढ्दा जुन छुटै मिठासता छ त्यो मैले पस्कदा त्यती मिठास पक्कै हुन सक्दैन नै ।