काठमाडौं, ६ जेठ । सगरमाथाको आरोहण अनुमति लिएकामध्ये हालसम्म ७५ आरोहीहरु सगरमाथा चुचुरोमा पुगेका छन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ३ सय ६६ विदेशी र १३ नेपाली गरी जम्मा ३ सय ७९ जनाले आरोहण अनुमति लिएका थिए ।
यसवर्षको हिमाल आरोहण सुरु भएसँगै देश तथा विदेशका केही आरोही आरोहण सकेर फर्किएका छन् भने केही उचित मौसमको पर्खाइमा आधारशिविरमा रहेका छन् । आरोहणका क्रममा ४ विदेशी आरोहीको मृत्यु भइसकेको छ भने २ आरोही बेपत्ता छन् ।