परिवारकै दोहोरो नागरिकताः भारतमा रासनकार्ड, नेपालमा वृद्धाभत्ता

परिवारकै दोहोरो नागरिकताः भारतमा रासनकार्ड, नेपालमा वृद्धाभत्ता

विराटनगर, २७ वैशाख । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ ।

इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । याे खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।