काठमाडौं, ७ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । मधेश केन्द्रित विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थापना भएको दुई वर्ष पूरा भएको छ । २०७४ बैशाख ७ गते मधेश केन्द्रित ६ वटा दल एकीकृत भएर राजपा गठन भएको थियो ।
स्थापना दिवसको अवसरमा राजपा नेपालले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसैबीच राजपाले केन्द्रमा काठमाडौंको चारखालस्थित एक पार्टी प्यालेसमा चियापान तथा शुभकामना आदालनप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
दिउँसो ३ बजे काठमाडौंको एक होटलमा हुने कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा विभिन्न पार्टीका शीर्ष नेताहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । राजपाका महासचिव मनिसकुमार सुमनकाअनुसार संगठन भएका जिल्लामा पनि शुभकामना आदानप्रदानको कार्यक्रम तय गरिएकाे छ ।