काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिका–७ काँडाघारी थापाचोकस्थित विभिन्न सामान चोरी गरी भाग्दै गरेका अवस्थामा धादिङ घर भएका २१ वर्षीय सूर्य क्षेत्रीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका बस्ने सिताराम ठकुरीको घरमा ३ जनाको समूहले चोरी गरी भाग्ने क्रममा क्षेत्रीलाई स्थानियवासीहरुले चाँदीको आधा तोलाको ब्रासलेट १ थान, मोबाईल १ थान, सुनको जन्तर १ थान, सुनको मंगल सुत्र १ थान, चाँदीको पाउँजु १ थान र नगद ३ हजार ५ सय ७५ रुपैयाँ सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो ।
चोरीमा संलग्न फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।