काठमाडौं, १२ चैत । आज देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागहरूमा केही ठाउँमा मेघ गर्जनसहितको हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति भने देशको मध्य र पूर्वी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू भागहरुमा आंशिक बदली हुने देखिन्छ । मध्य र पूर्वी पहाडी भेगका एकदुई स्थानमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।