आज विश्व मौसम दिवस, विविध कार्यक्रम गरी मनाइदै

आज विश्व मौसम दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं, ९ चैत । विश्व मौसम दिवस आज विभिन्न कार्यक्रम मनाइदैछ । दिवसका अवसरमा आज जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया,गोष्ठी लगायत सचेतनामूलक कार्यक्रम हुँदैछ ।

बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातावरण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा दिवस केन्द्रित हुने गरेको छ । विश्व मौसम संगठन सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिएको हो ।