भारत दोस्रो टेष्टमा पराजित

भारत दोस्रो टेष्टमा पराजित

सेन्चुरियन (एजेन्सी) – भारत दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा पराजित भएको छ । ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो त्यसैले यस हारसँगै भारतले सिरिज पनि गुमाएको छ । २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित हुने पुग्यो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि पहिलो टेष्ट खेलिरहेका लुङ्गी एन्गिडिले ६ विकेट लिएका थिए । त्यस्तै कागिसो राबाडाले पनि ३ विकेट लिएका थिए ।

भारतका लागि रोहित शर्माले ४७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान भने क्रिजमा धेरै टिक्न सकेनन् । मोहम्मद शमीले २८ रनको योग्दान दिएका थिए भने चितेश्वर पुजारा र पार्थिव पटेलले समान १९ रनको योग्दान दिए । कप्तान विराट कोहली ५ रनमा आउट भएका थिए ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ३ सय ३५ रन बनाएको थियो भने जवाफमा भारत ३०७ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्समा भने कोहलीले १ सय ५३ रनको शानदार पारी खेलेका थिए ।

पहिलो इनिङ्समा २८ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा २ सय ५८ रन बनाउँदै २ सय ८७ रनको चुनौती भारत समक्ष प्रस्तुत गरेको थियो । तेस्रो तथा अन्तिम टेष्ट अर्को बुधबार २४ जनवरी देखि सुरु हुने छ ।