नेकपा सचिवालयको बैठक बस्दै

नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई अध्यक्षले तयार पारेको प्रस्तावलाई सचिवालय बैठकले अन्तिम रुप दिनेछ ।

नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् । अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा प्रस्ताव तयार पार्नु भएको हो । ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आज बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुने भएको हो ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार आज बस्ने सचिवालय बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन अन्तिम प्रस्ताव तयार पार्नेछ ।