

काठमाडौं, ३० फागुन । सरकारले दुईसय ३२ रोजगार संयोजकका लागि पुनः दरखास्त आव्हान गरेको छ । यसअघिको विज्ञापनबाट आवश्यकता अनुसार पदपूर्ति नभएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः दरखास्त आव्हान गरेको हो ।
फागुन ३० गते अर्थात् आज बिहान १० बजेदेखि चैत्र ९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइड www.pmep.gov.np मार्फत् दरखास्त दिन सकिने मन्त्रालयले जनाएको छ । सातसय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाइएको छ ।