-विजय राई –
धनकुटा । दिन प्रतिदिन लोप हुदै गएको परम्परागत परिकारहरुको संरक्षण तथा सम्र्वद्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले १०९ औं अन्तराष्टिय महिला दिवसको अवसरमा धनकुटा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटा र मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र धनकुटाको आयोजनामा धनकुटामा अर्गानिक खानेकुरा प्रर्दशनी तथा प्रतियोगीता सम्पन्न भयो ।
धनकुटामा पाईने समाग्रीहरु वस्तुहरु चामल, मकै, कोदो, फापर,सिस्नु,रायोको साग,फापर,च्याउ,आलु,मुला गाजर लगायतका १०९ अर्गानिक खाद्य वस्तु तथा समाग्रीहरुको र मासुका विभिन्न परिकारहरु गरी १ सय २५ परिकारहरु प्रदशनी तथा प्रतियोगिताका लागी राखिएको आयोजक संस्थाकी अध्यक्ष कुसुम रानाले बताइन् ।
खाद्यान्नवाट वन्ने सेलरोटी, पुलाउ, भटमास, वोडी, दाल जस्ता दलहलवाट वन्ने पकौडा लगायत र रायो साग, चम्सुर, साग, मुला, गाँजर, काक्रा, आलु,सिस्नु जस्ता तरकारीबाट वन्ने तरकारी, सिन्की, गुद्रुक, अचार लगायत १ सय २५ थरि परिकार र मासुका परिकारहरु समेत प्रर्दशनीमा राखिएको संस्थाकी उपाध्यक्ष रेणु श्रेष्ठले बताइन् ।
अर्गानिक खाना प्रदशनी तथा प्रतियोगितामा एलिना श्रेष्ठले बनाएको चाकौनीको अचार सात्वना ,पुजा रानाले तयार गरेको चाउको अचार तेस्रो,मैया पौडेलले बनाउनु भएको मेथीको चाम्रे दोस्रो र एलिना रानाले तयारगर्नु भएको सिस्नुको परिकार प्रथम भएको निर्णायक तारा तुतुङ्गले बताइन् । भने कार्यक्रममा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था लि धनकुटका उपाध्यक्ष रेणु श्रेष्ठ,लेखा समितिका संयोजक सरस्वती श्रेष्ठ,व्यवस्थापक हिमा निरौलालाई सम्मान गरिएको आयोजक संस्थाकी कोषाध्यक्ष खुखकला राईले बताइन् ।
धनकुटा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था धनकुटा र मिसन मुस्कान पर्यटन प्रवद्धन केन्द्र धनकुटाका अध्यक्ष कुसुम रानाको अध्यक्षमा भएको उक्त कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवान, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,पर्यटन विकास समिति धनकुटका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, गैसस महासंघ धनकुटका अध्यक्ष मिन प्रसाद सुवेदी,अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवाबु श्रेष्ठ, माछापुच्छे बैक धनकुटा शाखाका प्रवन्धक टेक वहादुर वस्नेत,हुसाडेकका उपाध्यक्ष गिता अधिकारी लगायतले महिला अधिकार दिवसको समयमा मात्र महिला अधिकारको कुरा गर्नुृ अन्य समयमा महिला अधिकारको संरक्षण र सम्वद्धनको विषयमा चासो नदिनु विडम्वना भएको बताए ।
उनीहरुले १०९ औ महिला दिवसको अवसरमा १०९ खाद्य वस्तुको १२५ परिकारहरु बनाएर प्रर्दशनी र प्रतियोगिताको लागी राख्नुले लोप हुन लागेका खाद्य वस्तु तथा परिकारहरुको पुनताजकी हुनु र नया पुस्तालाई हस्तान्तरण हुने बताए ।
कार्यक्रममा विजयीहरुलाई जिल्ला समन्वय समिति धनकुटका संयोजक टंक बहादुर चुवान, धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,आयोजक संस्थाकी अध्यक्ष कुसुम रानाले पुरस्कार तथा प्रमाण पत्र वितरण र सम्मानीतहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।