

काठमाडौं,१५ फागुन ।भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ ।
तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई सर्तक हुन निर्देशन दिइसकिएको बताउनुभयो । गलत मान्छेको आवतजावत नहोस् भनेर पनि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।