श्रीस्वस्थानीव्रत समापन गर्ने दिनको राशिफलः फागुन ७ गते, मंगलबारको भाग्याफल

श्रीस्वस्थानीव्रत समापन गर्ने दिनको राशिफलः फागुन ७ गते, मंगलबारको भाग्याफल

२०७५ साल फागुन महिनाको ७ गते मंगलबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको पूर्णिमा तिथि राति ८।५० बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र दिवा ११।०० बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४० मा छ भने सूर्यास्त बेलुका ५।५६ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा छन् ।
आज श्रीस्वसथानी व्रत समापन गर्ने दिन हो । आज महिनादिनसम्म गरिएको उपासनाको विशेष धार्मिक कार्यपूर्वक समापन गरिन्छ । यसैगरी पूर्णिमा व्रत पनि आज नै परेको छ । माघ शुक्ल पूर्णिमासँगै माघस्नानको पनि समाप्ति हुने गर्दछ ।

मेष राशीकाे लागि (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अस्थिरता रहनेछ, कार्यमा विलम्बका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्नेछ ।

बृष राशीकाे लागि (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशीकाे लागि ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशीकाे लागि ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मीष्ठान्न प्राप्ति हुनेछ, व्यापारमा वृद्धिका साथै धार्मिक कार्यमा मन जाने देखिन्छ ।

सिंह राशीकाे लागि ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

कन्या राशीकाे लागि (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै मित्रसहयोग मिल्ने देखिन्छ ।

तुला राशीकाे लागि (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

बृश्चिक राशीकाे लागि (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
मित्रसुख मिल्नेछ, आय बढ्नुका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।

धनु राशीकाे लागि (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कार्यमा अवरोध रहनेछ, स्वास्थ्यमा प्रतिकूलत रहनुका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

मकर राशीकाे लागि ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
पराक्रम बढ्नेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ राशीकाे लागि (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द) 
मित्र सुख मिल्नेछ, कार्य लाभका साथै अध्ययनमा सफलता मिल्नेछ ।

मीन राशीकाे लागि (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
कार्यलाभ हुनेछ, आर्थि लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।