धनकुटा प्रभावकारी रुपमा स्वास्थ्य शिक्षा

धनकुटा प्रभावकारी रुपमा स्वास्थ्य शिक्षा

-विजय राई-

धनकुटा ४ फाल्गुण, धनकुटामा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाले संचालन गरी रहेको उत्कृष्ट स्वास्थ्य शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्न सहयोग गर्ने आज धनकुटामा आयोजित अन्र्तक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरुले वताउनु भएको छ ।

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स ले आयोजना गरेको उक्त अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सो संस्थाका निर्देशक राम नारायण रामाले धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले संचालन गरिरहेको एच.ए,सि.एम.ए. र अनमीको शैक्षिक अवस्था र समग्र इन्स्टिच्यूटको अवस्थाको वारेमा जानकारी दिनु भएको थियो ।

सो अवसरमा धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा इन्स्टिच्यूटका सल्लाहकार नारायण जोशी,धनकुटा वहुमुखी क्याम्पसका सर नन्द न्यौपाने,नेकपा धनकुटका उज्वल किराती,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष तथा जिल्ला सहकारी संघका सचिव दिनेश राई,संघिय समाजवादी फोरम नेपाल धनकुटका पार्वती राई,धनकुटा नगरपालिका वडा नं. २ का वडाध्यक्ष विकास घिमिरे,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,सचिव तथा नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोङ्ग लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले धनकुटा ईन्स्टिच्यूट अफ हेल्थ साइन्सले धनकुटको विकास र समृद्धीमा महत्वपूर्ण भूमिका खेल्दै आएकाले अझ यसलाई विस्तार गर्नका लागी स्टाफ नर्श लगायतका थप विषयहरुको कक्षा संचालन गर्नु पर्ने वताउनु भयो ।

धनकुटाको व्यापार व्यावसाय अहिले सुक्दै गएको अहिलेको अवस्थामा यस इन्स्टिच्यूटमा करीव ३ सय जना विद्यार्थीहरु विभिन्न विषयमा अध्ययन गरिरहेकोले धनकुटाको व्यापार व्यावसायमा केही भए पनि सहयोग हुनुका साथै धनकुटको चहलपहलमा समेत थप सहयोग पुगेकोले यस इन्स्टिच्यूट संचालनमा सवैले सकरात्मक ढंगले सहयोगगर्नु पर्नेमा समेत उहाहरुले जाड दिनुभयो ।

धनकुटा इन्स्टिच्यूटमा अहिले विद्यार्थी तथा कर्मचारीहरु गरी करीव ३ सय २० जना जती कार्यरत रहेकाले कम्तीमा पनि धनकुटामा मासिक उनीहरुले मात्र २५ लाख देखी २७ लाख सम्म आर्थिक कारोवार गर्दै आएका छन ।