काठमाडौँ, ३ फागुन । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर बिहीबार ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
हिजो साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।