देशभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने सरकारको तयारी

देशभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने सरकारको तयारी

काठमाडौं, २ फागुन ।सरकारले मुलुकभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज बसेको राष्ट्रियसभाको बैठकमा मुलुकभरका १ हजार ५३ जना मध्येबाट ७५ जना शुद्ध स्रोतव्यक्ति बाहेकलाई काज फिर्ता गरि माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गईसकेकाले सरकारले स्रोत व्यक्तिहरुको काज फिर्ता गरि शुद्ध स्रोत व्यक्ति ७५ जनालाई अस्थायी शिक्षक सरह सुविधा उपलब्ध गराउने गरि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको पनि उहाँले बताउनुभयो ।

काज फिर्ता बाहेक अस्थायी शिक्षकको रुपमा रहने स्रोत व्यक्तिलाई स्थानीय सरकारले आवश्यकता अनुसार निर्णय गर्न सक्ने गरि प्रस्ताव तयार पारिएको उहाँले बताउनुभयो । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरि स्रोत व्यक्तिको रुपमा काजमा ल्याईएका सबै माध्यमिक तहका शिक्षकहरुलाई काज फिर्ता गरि पुनः शिक्षकमा नै समायोजन गर्ने तयारी गरेको हो ।