

काठमाडौं । मानिसलाई जीविकोपार्जनका लागि पैसा आवश्यक पर्छ । पैसा कमाउने धेरै तरिका र कला पनि मानिसले नै जानेको हुन्छ । मानिसले कर्म गर्नुपर्छ, आफूले गर्ने कामप्रति इमान्दार हुनुपर्छ ।

साथै धर्यता र लगाव भएमा मानिसलाई आर्थिक अभाव हुँदैन, यसको ज्वलन्त उदाहरण हो, दिभिशा शर्मा । उनी महिला हुन्, तर पुरुष र महिला दुवै कपाल काट्छिन् ।
उनी नेपालको चर्चित हेयर डिजाइनर हुन् । काठमाडौंको न्यूरोडमा उनको पार्लर छ । एक पुरुष र तीन जना महिला गरी चार जनालाई रोजगारी समेत दिएकी दिभिशाले मासिक करिब चार लाख रुपैयाँ कमाउँछिन् ।
