न्याय माग्दै धनकुटाको सडकमा महिलाको प्रदर्शन

न्याय माग्दै धनकुटाको सडकमा महिलाको प्रदर्शन

-विजय राई-

धनकुटा २६ माघ, महिलाहरुलाई ओली सरकारले न्याय दिन नसकेको भन्दै आज धनकुटाको सडकमा महिलाहरुले विरोध प्रर्दशन गरेका छन् ।

न्याय माग्दै धनकुटाको सहिद भीम नारायण स्मृती भवनबाट नेपाल महिला संघ धनकुटाको आव्हानमा निस्किएको महिलाहरुको र्यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गर्दै सहिद भीम नारायण चौकमा समापन भएको थियो ।

धनकुटामा महिलाहरुको उल्लेखनीय सहभागीता रहेको उक्त विरोध र्यालीको समापन गर्दै नेपाल महिला संघ धनकुटाका अध्यक्ष तथा १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले दिन प्रतिदिन महिला हिंसा र बलात्कारको घट्ना बढ्र्दै जादा पनि ओली सरकारले कारवाही गर्न नसकोले र महिलाहरुलाई न्याय दिन नसकेको आरोप लगाउनु भयो ।कार्यक्रमको संचालन तथा विरोध कार्यक्रम गर्नु पर्ने कारणका वारेमा नेपाल महिला संघ धनकुटा उपाध्यक्ष अम्विका धमलाले प्रकाश पार्नु भएको थियो ।

निर्मला पन्तकाे हत्यारालाई कारवाही गर,असफल ओली सरकार राजिनामा दे,महिला हिंसा बलात्कार बन्द गर अपराधीलाई कारवाही गर जस्ता विभिन्न नाराहरुलाई लगाउदै धनकुटाको महिलाहरुले सरकारको चर्को विरोध गरेका थिए ।
विरोध प्रदर्शनमा धनकुटा नगरपालिका वडा नं. ३,४,५,६,७ र ८ का महिलाहरुको व्यापक सहभागीता रहेको थियो ।