

-विजय राई-
धनकुटा २६ माघ, सहिद भीमनारायण श्रेष्ठ र कप्तान यज्ञवहादुर थापाको स्मृतीमा आज धनकुटाको भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाको आयोजना तथा सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान र धनकुटा र सहिद स्मृती प्रतिष्ठानको संयोजनमा भएको उक्त श्रद्धाञ्जली कार्यक्रममा सहिद पत्नी लक्ष्मीदेवी श्रेष्ठ, सहिद पुत्र मनोज नारायण श्रेष्ठ,प्रदेश नम्वर १ का सांसाद लिला सुब्बा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र समाजिक क्षेत्रका महानुभावहरुले सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै सम्मानका साथ श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो ।
नेपाली कांग्रेस धनकुटा नगर समितिका सभापती रोशन श्रेष्ठको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव तथा धनकुटा सहिद स्मृती प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले सहिद भीम नारायण श्रेष्ठ ,सहिद कप्तान यज्ञ वहादुर थापाको जिवनी र उहाहरुको योगदानको वारेमा प्रकाश पार्दै प्रस्तुती गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेसका उपसभापति नविन किशोर शाक्य,कोेषाध्यक्ष दिनेश राई सहिद भीम नारायण स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,जिल्ला सदस्य सिता श्रेष्ठ,नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका उपाध्यक्ष गंगा ढुंगाना,नेपाली कांग्रेसका क्षेत्रिय उपसभापति रोहित धमला,कोषाध्यक्ष निरुपा राई,नगर सपभापती मिलन खड्गी,सचिव माधव भण्डारी,वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,सदस्य गोविन्द्र राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,सभापति दोधराज वास्तोला,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोग,स्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,सचिव विकास घिमिरे,पूर्व अध्यक्ष यानिन्द्र तिगेला,पत्रकार महासंघका सहसचिव हरी वहादुर लम्जेल,नेपाल नागरिक समाजका अध्यक्ष दोर्णगुरागाई,प्रकाश श्रेष्ठ,गिता श्रेष्ठ,रमेशशाक्य,अनल श्रेष्ठ,रिना उदास,संगिता राई,धिरेन्द्रलाल श्रेष्ठ,कृष्ण श्रेष्ठ,नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुणा कटुवाल सदस्य ममता थापा,नेपाल महिला संघ ६ नम्वर वडाका अध्यक्ष कुसुम श्रेष्ठ,लोकतान्त्रिक खेलकुद संघ धनकुटाका अध्यक्ष शम्भु प्रधान लगायत उपस्थित सवैले सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
२०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा सवारी हुदा बम बिस्फोटन गराएको अभियोगमा भीम नारायण श्रेष्ठलाई र कप्तान यज्ञ वहादुर थापालाई २०३१ साल पौष १ गते नेपाली कांग्रेसले गरेको ओखलढुंगाको टिवुर बोटेमा भएको सैनिक संगको भीडन्तको क्रममा पक्राउ गरेको र दुवैजनालाई लामो समय सम्मको कठोर जेल जिवनपछि फासीको सजाय दिने क्रममा उहाहरुलाई गोली हानी मृत्यु दण्ड दिएर २०३५ साल फाल्गुण २६ गते भीम नारायण श्रेष्ठको शब कोशीनदीको किनारमा र कप्तान यज्ञ वहादुर थापाको शव कमला नदीको किनारमा परिवारलाई बोलाएर तत्कालिन तानाशाही पञ्चायती सरकारले जिम्मा दिएको थियो ।