

-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक । टाटा ट्रष्ट र सिप्रदियन सहायता संस्थाको सहकार्यमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका स्थित शारदा माविको भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त सो विद्यालय भवन निर्माण गरी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयको ६८ औं वार्षिकोत्सव समारोहको उद्घाटन प्रमुख अतिथि भारतीय राजदूत पुरी र विशेष अतिथि पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संयुक्त रुपमा गरेका थिए ।
साे अवसरमा प्रमुख अतिथि राजदुत पुरीले टाटा ट्रष्टको सिप्रदि सहायता संस्थाको सहयोगमा निर्माण गरिएको बाह्र कोठे पक्की भवन हस्तान्तरण गरेका थिए ।

४ करोड ५० लाख लागतमा निर्माण भएको उक्त भवन २ तले, १२ कोठे रहेको प्रधानाध्यापक तोयानाथ नेपालले जानकारी दिएका छन् ।
टाटा ट्रष्ट र सिप्रदियन सहायता संस्थाले सिन्धुपाल्चोकको कोदारी मावि, थापिनारायण मावि, मार्मिङ मावि, कुपकन्या मावि, जालपादेवी माविको भवन पुनर्निर्माण गर्दै आएको छ । उक्त बार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

