

काठमाडौं, २५ माघ । लामो समयदेखि सामुदायिक शिक्षा क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था शान्ति शिक्षा अभियान नेपाललाई समिट एयरले आर्थिक सहयोग गरेको छ ।
शान्ति शिक्षा अभियान नेपालसँग सामुदायिक बिद्यालयहरुमा शैक्षिक प्रगतिका लागि संस्थाको कार्यक्रम मार्फत आर्थिक सहयोग गरेको एयरलायन्सले जनाएको छ । एयरलाइन्सको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच एयरलाइन्सका मार्केटिंग प्रमुख मञ्जनी श्रेष्ठले संस्थाका अध्यक्ष रबिन्द्र महर्जनलाई चार लाख असी हजार ८६५ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
‘कम्पनिको ब्यावसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियात्रु रु. ५ का दरले बर्षभरि जम्मा हुन आएको रकम संस्था मार्फत शिक्षा क्षेत्रमा उपयोग गर्न पाउँदा खुसि छौ’ं, मार्केटिंग प्रमुख श्रेष्ठले भनिन् । उनले आगामी दिनमा पनि संस्थासगको साझेदारी कायमै रहने प्रतिवद्धता जनाइन् । संस्थाका अध्यक्ष रबिन्द्र महर्जनले नीजि तथा सामाजिक संस्थाको साझेदारीमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न सकिने बिश्वास व्यक्त गरे ।
‘हामी सबैले आ आफ्नो ठाउँमा काम गर्यौं भने सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिन्छ, उनले भने, महत्वपूर्ण काममा साझेदारी गरेकोमा समिट एयर परिवारलाइ धन्यबाद ।’ संस्थाले २०७२ सालको भुकम्प पश्चात २४ वटा सामुदायिक बिद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण भैसकेको र आवश्यक फर्निचरको समेत ब्यवस्था गरिएको जानकारी गराए ।
समिट एयरबाट प्राप्त रकम सिद्धिपुरस्थित भानोदय आधारभूत बिद्यालयमा महालक्ष्मी नगरपालिकाको स्वीकृतिमा नीजि स्रोतबाट एक बर्षका लागि एक जना शिक्षक (स्कुल ब्यबस्थापक)को तलबमा खर्च गर्छाैं, अध्यक्ष महर्जनले भने, ‘शिक्षकले अध्यापन गराउनुको अलावा सामुदायिक बिद्यालय प्रशासनलाइ चुस्त दुरुस्त राख्न पनि मद्धत गर्नुहुन्छ ।’
कार्यक्रममा अध्यक्ष महर्जनले सस्थाले सामुदायिक बिद्यालयको शैक्षीक गुणस्तर वृद्धिको लागि भौतिक पूर्वाधार, शिक्षक तालिम र देशी बिदेशी स्वयम्सेवकहरु परिचालन कार्यक्रमहरु काठमाडौँ, ललितपुर, काभ्रे र दोलखामा संचालन भैरहेको र समिट एयर जस्ता ब्याबसायिक कम्पनीहरुको सहयोग पाए अझ धेरै योगदान दिन सकिने आशा ब्यक्त गर्नु भयो। समिट एयरको कार्यालयको हलमा संचालित कार्यक्रममा कम्पनिका विभिन्न बिभागमा कार्यरत कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।