

काठमाडौं, २२ माघ । राष्ट्रिय सर्तकता केन्द्रले २३ जिल्लाका ३ सय ७६ कार्यालयमा कार्यरत ११ सय ८ जना कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ ।
सर्तकता केन्द्रले गरेको अनुगमनमा कर्मचारीहरुले नियम पालना नगरेको पाइएपछि कारवाहीका लागि सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालय र अन्य सरोकारवाला निकायमा लेखी पठाएको सर्तकता केन्द्रले जनाएको छ ।
तोकिएको समयमा कार्यालयमा नआउने र तोकिएको पोशाक नलाउने तथा सम्पत्ति विवरण पेश नगर्नेहरुलाई कारवाही गर्न सिफारिस गरेको उहाँले बताउनुभयो ।
केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १ सय ४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३ सय ४० जना कर्मचारीलाई कारवाही गर्नको लागि सिफारिस गरेको थियो ।